GBIME

सेयर बजारमा ४८.७३ अंकको पहिरो

1.45K
shares

काठमाडौँ, १९ वैशाख । सेयर बजारमा सोमबार दोहोरो अंकको पहिरो गएको छ ।

बजार आज ४८.७३ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २३०७.४४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.४५ अंकले घटेर ४४१.७९ को विन्दुमा ओर्लेको छ। कारोबार रकम डेढ अर्ब रुपैयाँको हाराहारीमा सीमित बनेको छ ।