GBIME

सेयर बजार घटाउन नियामक निकायले नै सहयोग गरे : नयन बास्तोला

4.31K
shares

सेयर बजार पछिल्लो समय लगातार घटिरहेको छ । बैंकिङ क्षेत्रमा लगानी योग्य रकम –तरलता) अभाव हुँदा यसको असर सेयर बजारमा समेत परेको छ । सेयर बजार कहिलेसम्म सहि दिशामा आइपुग्छ भन्ने अनुमान लगाउन सहज पक्कै छैन ।

सेयर बजारका पुराना र सक्रिय लगानीकर्ता नयन बास्तोला सरकार, राष्ट्र बैंक, धितोपत्र बोर्ड जस्ता नियामक निकायकै कारण बजार घटेको बताउछन् । तर अहिले लगानीकर्ता आत्तिनु भने नहुने उनले बताए । केही समय धैर्य गर्ने हो भने बजार सुधार हुने उनको अपेक्षा छ । प्रस्तुत छ, यसै सन्दर्भमा लगानीकर्ता बास्तोलासँग केटिएम भ्वाइसकर्मी युकला पौडेलले गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश :

सेयर बजार प्राय लगातार घटिरहेको छ, सेयर बजारको अहिलेको अवस्थाबारे कसरी विश्लेषण गर्नुहुन्छ ?

हो अहिले बजार लगातार जसो घटिरहेको छ । बजार घट्नमा नियमन निकायलले भुमिका खेले । त्यसपछाडि लगानीकर्ताको सेन्टीमेन्ट बिग्रियो, त्यो सेन्टीमेन्ट बिग्रिएपछि बजार घटिराखेको छ ।

नियामक निकायले जबसम्म जुन कुुराहरु रिफर्म गर्दैनन् तबसम्म लगानीकर्ताहरुको सेन्टीमेन्ट बन्छ जस्तो छैन । जुनजुुन कुराले लगानीकर्ताको मनोबल हतोत्साहित बनाइएको थियो । ती कानुन, नियम कानुनहरुलाई तत्काल रिफम गर्नुपर्ने देखिन्छ । त्यसो गरिएन भने अलि समस्या आउला जस्तो देखिएको छ ।

देशमा अहिले चुनावी माहोल छ । यो सथानीय तहको चुनावले सेयर बजारलाई कस्तो प्रभाव पारिरहेको छ ?

चुनावले स्थायित्व हुन्छ । चुनाव भईसकेपछि विकास हुन थाल्छ भन्ने आशाले बढ्ने हो । अर्को कुरा चुुनावमा अलिकति अनौपचारिक क्षेत्रका पैसाहरु मुभिलाइज हुन्छन् । त्यसले लिक्युडिटि बढ्छ त्यसले गर्दा अलिकत्ति बजारमा प्रभाव पार्छ भन्ने किसिमको लगानीकर्ताको मनोबल हुने गथ्र्यो ।

यसपालि चै के छ भने लिक्युडिटि बजारमा एकदमै कमी छ । व्यापार पनि लिक्युडिटि क्राइसिस हुने बित्तिकै ब्याकअप लिनुपर्ने भो । ब्याकअपमा पनि घरी राख्ने घरी छोड्ने गरेर राष्ट बैंकले गेम खेलिराखेको अवस्था छ । त्यो भएर पनि लगानीकर्तालाई असर परिहेको छ ।

यो कारणले गर्दा चुनावमा पनि पैसा मुुभिलाइज हुुने कुराहरु चै अब चुनावपछि मात्र बढदै जान्छ । तर के भो भन्दाखेरि नियमन निकाय र सरकारमा बस्ने व्यक्तिहरु जस्तो अर्थमन्त्री, गभर्नर, नेप्से र धितोपत्र बोर्डहरुले चै पुजीबजारसँग सम्बधित नियम कानुनहरुलाई सहज रुपमा अगाडि बढाएर अनावश्यक फेर बदल नगरि लगानीकर्ताको मनोबल सुध्रिन्छ जस्तो लागेको छैन् ।

अब आशा गरुम ती सबै कुराहरु रिफर्म होलान बिस्तारै–बिस्तारै मार्केटले आफनो लय लिन्छ जस्तो लाग्छ ।

बजार लगातार घट्दा लगानीकर्तहरु आत्तिएको अवस्था पनि । लगानीकर्ताका लागि के सुझाव दिन चाहानुहुन्छ ?

लगानीकर्ताका लागि योग्य निडर रुपमा लगानी गर्ने वातावरण सिर्जना गर्नु सरकार, राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेप्सेको कर्तव्य हो । अनि सुन्ने गरिन्छ नयाँ लगानीकर्ताका लागि हामी छाँै भनेर तर त्यसलाइ कार्यन्वयन गरेको दखिदैन ।

तत्काल ती कुराहरु राष्ट बैकले परिवर्तन गरेको छ । ती कुराहरुलाई सुधारेर अघि बढ्यो भने राम्रो हुन्छ । अनि अर्को कुरा लगानीकर्ताहरुले घाटामा पनि जुन कर तिरिराख्नुपर्ने अवस्था छ । त्यसलाई चै सरकारले सम्बोधन गर्नुपर्यो ।

मूख्य कुरा भनेको अहिले आत्तिने समय होइन । सञ्चारमाध्यम पनि धेरै प्रकारका हुन्छन् । मनपरी खबरहरु पनि लेखाइन्छ । गलत समाचारको पछि लाग्नु हुँदैन । लगानी बिक्री गरेर भाग्नु हुँदै । केही समय धैर्य गरौं, बजार सुधार पक्कै हुनेछ ।

Dhulikhel Eco Resort 1200*100