धितोपत्र बोर्ड अध्यक्षको घोषणा– बुक बिल्डिङमा लागेको दाग मेटाउछु

वि.सं.२०७९ वैशाख २३ शुक्रवार १३:१०
shares

काठमाडौं, २३ वैशाख । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले बुक बिल्डिङमा लागेको खराब दाग मेटाउने घोषणा गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार आयोजना गरेको ‘परिपक्व पुँजी बजार सम्मेलन’ को उद्घाटन शत्रलाई सम्वोधन गर्दै बोर्डले पारदर्शी रुपमा बुकबिल्डिङबाट सेयर जारी हुने बताएका हुन् ।
यसअघि बोर्डका तत्कालिन अध्यक्ष भिष्मराज ढुंगाना सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका थिए । बुक बिल्डिङबाट आईपीओ जारी गर्ने तयारीमा रहेको सवोत्तम सिमेन्टको सेयर अध्यक्ष ढुंगानाकी छोरीको नाममा भेटिएपछि सरकारले उनलाई पदबाट बर्खास्त गरेको थियो ।
यो घटनाले धितोपत्र बोर्डको व्यापक आलोचना भएको थियो । अब पुनः बुक बिल्डिङबाट आईपीओ जारी गर्ने तर यस अघि लागेको दाग मेटाउने अध्यक्ष हमालले घोषणा गरेका हुन् । यसका लागि आवश्यक तयारी गर्न नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन समेत दिइसकिएको उनले बताएका छन् ।