GBIME

सेञ्चुरी बैंकको संस्थापक शेयर विक्रीमा

1.18K
shares

काठमाडौं, २८ वैशाख । सेञ्चुरी बैंकले १८ लाख २१ हजार ६० कित्ता संस्थापक शेयर बुधवारदेखि विक्रीमा ल्याएको छ ।

बैंकले उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । उल्लेखित शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापकहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय पुतलीसडक, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने जानकारी बैंकले दिएको छ ।

शेयरको मूल्य बैंकले खुलाएको छैन । इच्छुक आवेदकहरूले के कति दरमा खरीद गर्न चाहेको हो सो समेत खुलाई निवेदन पेश गर्नु पर्नेछ ।

Dhulikhel Eco Resort 1200*100