रिलायबल नेपाल लाइफले कमायो रू. २१ करोड भन्दा बढी नाफा
वि.सं.२०७९ वैशाख २८ बुधवार ११:५६
shares
कामाडौं, २८ वैशाख । आईपीओ निष्कासन गर्ने तयारीमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू.२१ करोड ६ लाख नाफा कमाएको छ ।
यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ३ दशमलव ५३ प्रतिशत वृद्धि भएको हो । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. २० करोड ३४ लाख नाफा कमाएको थियो । गत आवको तुलनमा चालू आवमा कम्पनीको आम्दानी भने १२ प्रतिशत वृद्धि भएको हो । गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू। २४ करोड ० लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू। २७ करोड ९० लाख पुगेको हो । कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ४० करोड रहेको छ भने जगेडामा रू.१ अर्ब ३ करोड सञ्चित गरेको छ ।
साथै कम्पनीले आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ, कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । सेबोनबाट आईपीओ निष्कासनको स्वीकृती पाएपछि कम्पनीले रू.११२ प्रिमियम थप गरी प्रतिकित्ता रू. २१२ मा ६० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ ।