Dhulikhel Eco Banner new

सेयर बजार ४ दिन बन्द हुने

8.2K
shares

काठमाडौं, २९ वैशाख । भोलिदेखि चार दिन सेयर बजार बन्द हुने भएको छ। यो शुक्रबारदेखि आउँदो सोमबारसम्म सार्वजनिक बिदा परेको हुँदा सेयर बजार पनि बन्द हुने भएको हो।

सरकारले शुक्रबार निर्वाचनको लागि सार्वजनिक बिदा दिएको छ। वैशाख ३१ गते शनिबार र जेठ १ गते आइतबार पनि सार्वजनिक बिदा घोषणा गरिएको छ साथै जेठ २ गते सोमबार बुद्ध जयन्तीको अवसरमा पनि सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ। यसर्थ नेप्से एकैचोटी आउँदो साताको मंगलबार अर्थात् जेठ ३ गते मात्रै खुल्नेछ।