अपर तामाकोशी हाइड्रोपावर तेस्रो त्रैमाससम्म नोक्सानीमा
वि.सं.२०७९ जेठ २ सोमवार १५:३५
shares
काठमाडौं, २ जेठ । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार रू.१ अर्ब ६५ करोड कम्पनी घाटामा देखिएको हो । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा बढेको छ । गत आवमा रू. ३ करोड ५० लाख नोक्सानीमा रहेको उक्त कम्पनीको नोक्सानी चालू आवमा बढेर रू.१ अर्ब ६५ करोड पुगेको हो ।
चालू आवको तेस्रो त्रैमाससम्ममा भने कम्पनीले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् विक्री गरेर रू. ५ अर्ब १६ करोड आम्दानी गरेको गरेको वित्तीय विवरणमा उल्लेख छ । यस विषयमा कम्पनी र विद्युत् प्राधिकरण बीच आय गणनामा भएको भिन्नता र आयोजनाले प्राधिकरणलाई आपूर्ति गर्नुपर्ने डिसप्याच नभएको एवं विद्युत् खरीद सम्झौता अनुसार उत्पादन नभएकोले त्यसको असर नाफामा परेको वित्तीय विवरणमा उल्लेख छ ।