GBIME

बिपिडब्लु लघुवित्तको आईपीओ बाँडफाँट

1.13K
shares

काठमाडौं, ३ चैत । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केटसको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो ।

फागुन १८ गतेदेखि फागुन २३ गतेसम्म सर्वसाधारणका लागि ८० हजार ९५० कित्ता शेयर निष्काशन गरिएको थियो । सिडिएस एण्ड क्लियरिङ्गको तथ्यांक अनुसार कम्पनीको आईपीओमा १५ लाख भन्दा बढीले आवेदन दिएका थिए । जसबाट १ अर्ब ६८ करोड रुपैयाँ बराबरको १ करोड ६८ लाख कित्ता शेयर माग भएको थियो ।

यो सर्वसाधारणलाई छुट्टाएको ८० हजार ९५० कित्ता शेयरको २०७ गुणा बढी हो । मागभन्दा धेरै आवेदन परेकाले आईपीओ बाँडफाँछ गोलाप्रथाबाट गरिएको थियो । जसमामा न्युनतम १० कित्तााको दरले शेयर वितरण हुने र ८ हजार ९५ जनाले मात्रै शेयर पाएका हुन् । अन्य आवेदकको हात खाली हुने छ ।

आईपीओको नतिजा सिडीएससीको मेरा शेयरको वेबसाइट र सिडीएसले आईपीओको लागि सञ्चालन गरेको वेबसाइटबाट हेर्न सकिने छ । मेरो शेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।