सिवाईसी लघुवित्तको आईपीओ खुल्यो
![KTM Voice KTM Voice](https://www.ktmvoice.com/wp-content/themes/new_theme_ktmvoice/images/small_icon.jpg)
वि.सं.२०७९ वैशाख २ शुक्रवार १०:१२
shares
![image image](https://i0.wp.com/www.ktmvoice.com/wp-content/uploads/2022/04/IPO-e1651549238656.jpg?fit=900%2C680&ssl=1)
काठमाडौं, २ वैशाख । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाकोसाधारण सेयर (आईपीओ) खुला भएको छ । संस्थाले आज शुक्रबादेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको हो ।
संस्थाले एक सय रुपैयाँ अंकित दरमा कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ निष्काशन तथा विक्री गर्न लागेको हो ।
कम्पनीले निष्काशन गर्न लागेको कुलमध्ये जारी पूँजीको ० दशमलव ५० प्रतिशत अर्थात ६ हजार ८२ कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको छ । त्यस्तै ५ प्रतिशत शेयर अर्थात १९ हजार ७६६ कित्ता सामुहिक लगानी कोषहरुमा बाँडफा८ गरी बाकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।