शेयर बजारमा ११ अंकको गिरावट, बजार अब छठपछि मात्रै खुल्ने
वि.सं.२०८० कात्तिक २३ बिहीवार १५:१८
2.82K
shares
shares
काठमाडौं, २३ कात्तिक । तिहार बिदा अगाडिको शेयर कारोबारको अन्तिम दिन ११ अंकको गिरावट आएसँगै शेयर बजार बन्द भएको छ । अब आजदेखि १० दिन शेयर बजारको कारोबार बन्द हुने छ । आज ११ दशमलव ८५ अंकले गिरावट आएको शेयर बजार १८५२ दशमलव ०८ विन्दुमा पुगेको छ ।
बिहीबार २८२ कम्पनीका २८ लाख ३३ हजार ७३१ कित्ता शेयर खरिद बिक्री हुँदा ८३ करोड ६ लाख ५ हजार ६५६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज १ दशमलव ३६ अंकले घटेको सेन्सेटिभ इन्डेक्स ३५७ दशमलव ०४ विन्दुमा पगेको छ ।