Nepal Life Banner

शेयर बजारमा हरियाली, कारोबार रकम २ अर्ब माथि

3.02K
shares

काठमाडौं, १० मंसिर । साताको शेयर कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचब ४७ अंकले बढेको हो । आज ४७ दशमलव ७५ अंकले बढेको शेयर बजार १९०७ दशमलव ९५ विन्दुमा पुगेको छ । शेयर बजार परिसुचक लामो समयदेखि १८ सय विन्दुमा रहेको थियो भने आज सो परिसूचक पनि बढेको हो ।

आइतबार २९४ कम्पनीका ६५ लाख ३० हजार ६४३ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब १ करोड १७ लाख ६३ हजार ३५८ रुपैयाँ बराबरको कारोबार भएको छ । लामो समयपछि शेयर बजार यसरी बढेको हो ।

त्यस्तै आज क वर्गका कम्पनीको मापन सेन्सेटिभ इन्डेक्स पनि भारी अंकले बढेको छ । आज ७ दशमलव ४३ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३६४ दशमलव ८१ विन्दुमा पुगेको छ ।