शेयर बजार गिरावट, कारोबार रकममा पनि छैन सुधार
वि.सं.२०८० मंसिर १३ बुधवार १५:४२
2.86K
shares
shares
काठमाडौं, १३ मसिंर । साताको शेयर कारोबारको चौथो दिन आज शेयर बजारमा गिरावट आएको छ । आज १७ दशमलव ९३ अंकले गिरावट आएको शेयर बजार १८७६ दशमलव ६० विन्दुमा पुगेको छ ।
बुधबार २८५ कम्पनीका ३३ लाख ५९ हजार ६०१ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब १ करोड ४१ लाख ९५ हजार ८७५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कम्पनीको मापन सेन्सेटिभ इन्डेक्समा पनि गिरावट आएको छ । आज २ दशमलव ९६ अंकले घटेर सेन्सेटिभ इन्डेक्स ३५८ दशमलव ८९ विन्दुमा पुगेको छ ।