उच्च मूल्यमा पुगेको सुन स्थिर
वि.सं.२०८१ वैशाख ५ बुधवार ११:३६
14.99K
shares
shares
काठमाडौं, ५ वैशाख । उच्च मूल्यमा पुगेको सुनको भाउ बुधबार स्थिर रहेको छ । अघिल्लो दिन कायम मूल्यमै बुधबार सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य उतारचढाव न्यून रहेपछि नेपाली बजारमा मूल्य स्थिर राखिएको महासंघले जनाएको छ । चाँदीको मूल्य भने अघिल्लो दिन तोलामा १ हजार ७५० रुपैयाँ रहेको चाँदी आज १ हजार ७१५ रुपैयाँले घटेको छ ।