शेयर बजारमा यी ५ कम्पनीको उच्च कारोबार

403
shares

काठमाडौं, ३१ भदौ । शेयर बजार ५७.०३ अंकले घटेर २,५८० को विन्दुमा कायम भएको छ । यसदिन कारोबार रकम पनि खुम्चिएर ७ अर्ब ३६ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

कारोबार रकम पनि घट्दा सबैभन्दा धेरै सीएचडीसीको शेयर कारोबार भएको छ । उक्त कम्पनीको ३१ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन सानिमा रिलायन्स लाइफको २७ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नेपाल फाइनान्सको २० करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी हिमालयन रि इन्सुरेन्सको १४ करोड ७७ लाखको शेयर कारोबार भएको छ भने अपी पावरको १४ करोड ४९ लाखको कारोबार भएको छ ।