Dhulikhel Eco Banner new
NCHL Banner 2081

उच्च अंकले बढेको शेयर बजारमा यी १८ कम्पनीले कमाए सर्वाधिक

806
shares

काठमाडौं, १५ असोज । मंगलबार शेयर बजारमा उच्च अंकले वृद्धि भएको छ । शेयर बजार ११४.७० अंकले बढेर २,६२३ बिन्दुमा कायम भएको छ ।

सबै उपसुचकमा हरियाली छाएको बजारमा २४३ कम्पनीको शेयर मूल्य बढेको भने एउटा कम्पनीको मात्र शेयर मूल्य घटेको छ र १ कम्पनीको स्थिर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ७ अर्ब ६१ करोडको कारोबार भएको हो ।

यसदिन १८ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । बुटवल पावर, गोर्खाज फाइनान्स, गुडविल फाइनान्स, श्रीइन्भेस्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाइनान्स, गुहेश्वरी फाइनान्स, आईसीएफसी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, मल्टिपर्पस फाइनान्स, रिलायन्स फाइनान्स, अरुणकाबेली पावर, दोर्दीखोला हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, सिटी होटल, थ्रीस्टार हाइड्रोपावर रनेपाल वेयरहाउजिङ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ।