शेयर बजारमा गिरावट, बढ्यो कारोबार रकम
वि.सं.२०८१ मंसिर १६ आइतवार १५:०८
shares
काठमाडौं, १६ मंसिर । साताको पहिलो दिन शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ९.९९ अंकले बढेर २,७३८ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १७८ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन कारोबार रकम बढेर ८ अर्ब ८३ करोडको कारोबार भएको हो ।
राताम्य भएको शेयर बजारमा विशाल बजार, कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, ग्रिन विकास बैंक र सप्तकोशी विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ५ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
यसदिन जानकी फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेको छ ।