GBIME

एक सातामै एक खर्बले गुम्यो शेयर लगानीकर्ताको सम्पत्ति

2.17K
shares

काठमाडौं , ११ वैशाख। पछिल्लो समय शेयर बजार लगातार घट्दो क्रममा छ । नेप्से परिसूचक घट्दा यसको असर लगानीकर्ताको पोर्टफोलियोमा समेत परेको छ ।
यो साताको शेयर कारोबारमा लगानीकर्ताले रू। १ खर्ब १८ अर्ब १८ करोड १९ लाख गुमाएका छन् । गत साताको अन्तिम कारोबार दिन रू। ३४ खर्ब २६ अर्ब १० करोड ८८ लाख रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन रू। ३३ खर्ब ७ अर्ब ९२ करोड ६५ लाख कायम भएको हो ।

यो साता समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक गत साताभन्दा ८९ दशमलव ७९ अंक तल झरेको छ । नेप्से परिसूचक घटेसँगै कम्पनीहरुको धितोपत्र मूल्यमा कमि आउँदा कुल बजार पूँजीकरण घट्न पुगेको हो । गत साताको अन्तिम कारोबार दिन २ हजार ४१५ दशमलव २४ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार ३२५ दशमलव ४५ विन्दुमा झरेको हो । गत साता दुई दिन सार्वजनिक विदा परेकाले तीन दिन मात्र बजार सञ्चालन भएको थियो । यो साता भने पाँच दिननै बजार खुला भएको थियो ।

Premier Steel Banner