शेयर बजारमा उच्च अंकले वृद्धि, २२२ कम्पनीको शेयर मूल्य बढ्यो

वि.सं.२०८१ चैत १७ आइतवार १५:०५
416
shares
shares

काठमाडौं, १७ चैत । आइतवार शेयर बजारमा उच्च अंकले बढेको छ । शेयर बजार ३२.२४ अंकले बढेर २,६९६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २२२ कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ७ अर्ब ५६ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा जोशि डाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९७ प्रतिशतका दरले बढेको छ ।
शेयर बजारमा प्रभु स्मार्ट फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयर मुल्य ५.७९ प्रतिशतका दरले गुमाएका छन् ।