शेयर बजारमा २२ कम्पनीको शेयर मूल्य यी ५ कम्पनीले गुमाए सर्वाधिक

वि.सं.२०८१ चैत १७ आइतवार १५:१७
shares

काठमाडौं, १७ चैत । आइतवार शेयर बजारमा उच्च अंकले बढेको छ । शेयर बजार ३२.२४ अंकले बढेर २,६९६ बिन्दुमा कायम भएको छ
शेयर बजारमा २२२ कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ७ अर्ब ५६ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा प्रभु स्मार्ट फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयर मुल्य ५.७९ प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन सामुदायीक लघुवित्रका लगानीकर्ताले ३.९४ प्रतिशतका दरले गुमाएका छन् भने कुथेली बुखारी हाइड्रोपावरका लगानीकर्ताले ३.२४ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी, सयपत्री हाइड्रोपावरका लगानीकर्ताले २.०९ प्रतिशतका दरले गुमाएका छन् भने बोर्टलर्स बालाजुले २ प्रतिशतका दरले गुमाएका छन् ।