Dhulikhel Eco Banner new

सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

429
shares

काठमाडौं, १७ वैशाख । बुधवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ८.१४ अंकले घटेर २,६२३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १०७ कम्पनीको शेयर मूल्य बढेको छ भने १३६ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन ९ अर्ब ३७ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा समाज लघुवित्त र नेपाल माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले ८.३७ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी, रिदी पावरका लगानीकर्ताले ७.३६ प्रतिशतका दरले कमाएका छन् ।