Dhulikhel Eco Banner new

सामान्य अंकले घट्यो शेयर बजार, १३६ कम्पनीको शेयर मूल्यमा गिरावट 

546
shares

काठमाडौं, १७ वैशाख । बुधवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ८.१४ अंकले घटेर २,६२३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १०७ कम्पनीको शेयर मूल्य बढेको छ भने १३६ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन ९ अर्ब ३७ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा समाज लघुवित्त र नेपाल माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

त्यस्तै, भुगोल इनर्जीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।