दोहोरो अंकले घट्यो शेयर बजार, १८३ कम्पनीको शेयर मूल्यमा गिरावट
वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:०६
shares

काठमाडौं, ३१ वैशाख । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.८४ अंकले घटेर २,६२० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८३ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन ८ अर्ब ७३ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा ओम मेगाश्री फार्मास्युटिकल्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतका दरले बढेको छ ।
त्यस्तै, गुराँस लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।




















