झिनो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ मंसिर १५ सोमवार १५:३५
shares

काठमाडौं, १५ मंसिर । सोमवार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार ४.२८ अंकले घटेर २६४५ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १२६ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ४ अर्ब ७१ करोडको कारोबार भएको हो ।
झिनो अंकले घटेको शेयर बजारमा सागर डिष्टीलरीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको हो ।
यसदिन स्वस्तिक लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने झापा इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी श्रीनगर एग्रीटेक इन्डस्ट्रिजका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने ग्रीन भेन्चर्स लिमिटेडका लगानीकर्ताले ९.३१ प्रतिशतका दरले कमाएका छन् ।
















