Dhulikhel Eco Banner new

शेयर बजारमा १२६ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.37K
shares

काठमाडौं, १५ मंसिर । सोमवार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार ४.२८ अंकले घटेर २६४५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १२६ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ४ अर्ब ७१ करोडको कारोबार भएको हो ।

झिनो अंकले घटेको शेयर बजारमा निफ्रा ग्रिन इनर्जी डिबेन्चरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको ९।५१ प्रतिशतका दरले घटेको हो ।

यसदिन बोटलर्स नेपालका लगानीकर्ताले ३.९४ प्रतिशतका दरले गुमाएका छन् भने एनआरएन इन्फ्रास्ट्रक्चरका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका छन् ।

सिभिल बैंक ऋणपत्रका लगानीकर्ताले २.८८ प्रतिशतका दरले गुमाएका छन् भने लक्ष्मी भ्यालु फण्डका लगानीकर्ताले २.५७ प्रतिशतका दरले गुमाएका छन् ।