Dhulikhel Eco Banner new

सामान्य अंकले घट्यो शेयर बजार, कारोबार रकम पनि घट्यो

4.29K
shares

काठमाडौं, २२ मंसिर । सोमवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ५.८२ अंकले घटेर २६०३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७६ कम्पनीको शेयर मूल्य बढेको छ भने १७३ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ४ अर्ब ५६ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा माथिल्लो स्याङ्गे जलविद्युत लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

यसदिन माइक्रोफाइनान्स बित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.१६ प्रतिशतका दरले गुमाएका छन् ।