Dhulikhel Eco Banner new

सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

5.55K
shares

काठमाडौं, २२ मंसिर । सोमवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ५.८२ अंकले घटेर २६०३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७६ कम्पनीको शेयर मूल्य बढेको छ भने १७३ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ४ अर्ब ५६ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा माथिल्लो स्याङ्गे जलविद्युत लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

यसदिन स्वस्तिक लघुवित्त, झापा इनर्जी, श्रीनगर एग्रीटेक इन्डस्ट्रिजका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी इङ्वा हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ९.०३ प्रतिशतका दरले कमाएका छन् ।