Dhulikhel Eco Banner new

शेयर बजारमा १७३ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

4.5K
shares

काठमाडौं, २२ मंसिर । सोमवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ५.८२ अंकले घटेर २६०३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७६ कम्पनीको शेयर मूल्य बढेको छ भने १७३ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ४ अर्ब ५६ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा सपोर्ट माइक्रोफाइनान्स बित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.१६ प्रतिशतका दरले गुमाएका हुन् ।

यसदिन सपोर्ट माइक्रोफाइनान्स बित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् उक्त कम्पनीका लगानीकर्ताले ५.१६ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी मेलम्ची हाइड्रो पावरका लगानीकर्ताले ३.७३ प्रतिशतका दरले गुमाएका छन् भने गुहेशोवरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले ३.६८ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी स्वेट(गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडका लगानीकर्ताले ३.२६ प्रतिशतका दरले गुमाएका छन् भने आशा लघुवित्त बित्तीय संस्थाका लगानीकर्ताले ३.२५ प्रतिशतका दरले गुमाएका छन् ।