GBIME

आफैँले पालेको राँगाले हान्दा बाबुको मृत्यु, छोरी घाइते

1.75K
shares

काठमाडौं, वैशाख । आफैँले पालेको राँगाले हान्दा लमजुङको सुन्दरबजार नगरपालिका–४ का ४४ वर्र्षीय खुमबहादुर मौरतीको मृत्यु भएको छ भने उन्की १९ वर्र्षीया छोरी रविना घाइते भएकी छिन् ।

राँगोले हानेर गम्भीर घाइते उनको बेँसीसहरस्थित जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ ।

घाइते रविनाका जिल्ला अस्पतालमा उपचार भइरहेको छ । थप घटना हुन नदिन प्रहरीले राँगा गोली हानेर मारेको छ ।

 

 

Premier Steel Banner