Dhulikhel Eco Banner new

२ खर्बले घट्यो विदेशी मुद्रा

4.03K
shares

काठमाडौं,२८ वैशाख ।विदेशी विनिमय सञ्चिति १६।५ प्रतिशतले घटेको छ।अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ चैत मसान्तमा १८२ प्रतिशतले कमी आई ९ अर्ब ६१ करोड कायम भएको छ ।२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब रहेकोमा चैत मसान्तमा ११ खर्ब ६७ अर्ब रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। २०७८ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४३ प्रतिशत रहेको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ चैत मसान्तमा १७।९ प्रतिशतले कमी आई १० खर्ब २१ अर्ब ४५ करोड कायम भएको छ।

बैंक तथा वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाहेक सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १५४ अर्ब ३९ करोड रहेकोमा २०७८ चैत मसान्तमा ५।१ प्रतिशतले कमी आई १ खर्ब ४६ अर्ब ४८ करोड कायम भएको छ।

२०७८ चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २४१ प्रतिशत, ५५२ प्रतिशत र २१९ प्रतिशत रहेका छन्।