GBIME

रामेछापको दुई स्थानमा गोली चल्यो, मतदान रोकियो

1.41K
shares

काठमाडौं, ३० वैशाख । रामेछापको २ मतदान स्थलमा गोली चलेको छ । स्थानीय राजनीतिक दलका कार्यकर्ताहरुबीच झडप भएपछि प्रहरीले केही राउण्ड हवाई फायर गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापले दिएको जानकारी अनुसार सुनाकोठी र खाँडादेवीका मदतान स्थलमा गोली चलेको हो । घटना स्थलमा खटिएका प्रहरी हवल्दार दयाराम अधिकारीका अनुसार स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।

घटनापछि मनदान रोकिएको उनले बताए । मतदान रोकिए पनि अहिले स्थिति भने नियन्त्रणमा आइसकेको छ । ‘मतदान रोकिएको छ, अवस्था भने अहिले नर्मल भइसकेको छ’ उनले भने, ‘हिंसात्मक घटना हुन नदिन हामी गम्भीर छौं ।’

Dhulikhel Eco Resort 1200*100