GBIME

पशुतिनाथ मन्दिर आसपासका क्षेत्रमा सफाई अभियान तीब्र

1.13K
shares

काठमाडौं, ४ चैत्र । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर परिसर आसपासका क्षेत्रमा सरसफाई अभियानलाई तिब्र पारेको छ । अभियानको अहिले दोस्रोे चरण चलिरहेको छ ।

सरसफाई अभियानमा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री सुदन किराँती पनि सहभागि भएका छन् । मन्त्री किराँती क्षेत्र विकास कोषले गरेको दोस्रो चरणको सफाई अभियानमा सहभागि भएका हुन् । शनिवार बिहान ७ः३० बजेबाट सुरु भएको सफाई अभियान सुर्यघाट, गौरीघाट, किराँतेश्वर, कैलास, हिमाकुण्ड लगायतका क्षेत्र चल्नेछ ।

विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले सफाई अभियान तीन महिनासम्म चल्ने बताए । उनले भने,‘पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रमा रहेका प्लाष्टिक तथा शिशाजन्य फोहर बढेर गए । त्यसलाई व्यवस्थापन गर्नु पर्ने देखियो । त्यसो हुँदा कोषले सफाई अभियान सुरु गरेको हो । अहिले अभियानको दोस्रो चरण चलिरहेको छ । अभियान तीन महिनासम्म चल्नेछ ।’

पशुपतिनाथ मन्दिर हुँदै बग्ने बाग्मती नदी आसपासका क्षेत्रमा पनि सफाई अभियान चल्नेछ । शव दहनपछि बगाईने फोहरका कारण नदी प्रदुषित हुँदै आएको छ । सफाई अभियान त्यस्ता फोहर संकलनमा पनि केन्द्रीत रहनेछ ।