GBIME

सुनकोशीमा जीप खसेर वेपत्ता भएका सीटीईभीटीका अधिकारीहरुको खोजी जारी

1.55K
shares

काठमाडौं, १९ जेठ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) का उच्च अधिकारीहरु सवार जीप सुनकोशीमा खसेको छ ।

काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेको सीटीईभीटीको जीप मध्य पहाडी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ को लौकुनमा दुर्घटनामा परेको हो । जीपका ड्राइभर झ्यालबाट फाल हानेर बच्न सफल भएका छन् ।

बा १ झ ७४६७ नम्बरको जीपमा सीटीईभीटीका निर्देशकहरु कृष्ण केसी, यमप्रसाद भुर्तेल र प्रावाधिक अधिकृत भानु पौडेलसहित ४ जना सवार थिए । बेपत्ताहरुको खोजीका लागि जिल्लाबाट प्रहरी टोली पठाइएको र अहिले खोजी कार्य जारी रहेको सिन्धुली प्रहरीले जनाएको छ ।