बालाजु बाइसधारा मेलामा स्नान गर्नेको घुइँचो
वि.सं.२०७९ वैशाख ३ शनिवार १३:२२
shares
काठमाडौ ३ वैशाख, । काठमाडौंको बालाजुस्थित बाइसधारामा मेला लागेको छ । शुक्ल पूर्णिमाको दिन लाग्ने मेलामा स्नान गर्न हिन्दु तथा बौद्ध धर्माबलम्बीहरू जाने गरेका छन् ।
बाइसधारा बालाजुुमा स्नान् गरे मुक्तिनाथ तथा गोसाइकुण्डमा स्नान गरे बराबरको पुन्य प्राप्त हुने जनविश्वास रहेको छ । स्नानका लागि बालबालिका देखि वृद्धवृद्धासम्म बाइसधारा पुगेका छन् । स्नान गर्नका लागि श्रद्धालु भक्तजनहरू बिहानैबाट लाइन बसेका छन् ।
मल्लकालीन राजा जयप्रकाश मल्लले बालाजुमा २१ धारा निर्माण गराएका थिए । पछि अर्का मल्ल राजा जयस्थिति मल्लले एउटा धारा थपेर २२ पु¥याएको बताइन्छ । आजको दिन बाइसधारामा स्नान गरेमा लुतो, खटिरा जस्ता रोग हराउने जनविश्वास छ ।
कोरोनाका कारण यसअघि दुुईवर्ष सम्म बाइसधारा मेला लाग्न सकेको थिएन ।