५१ डिजाइन प्रस्तुत गर्दै माेडल ३६ जना माेडल

1.8K
shares

काठमाडौंँ, २८ भदौ । फेसनका नयाँ र उत्कृष्ट डिजाइनर प्रस्तुत गर्ने उदेश्यले ‘आइसी डिजाइनर रनवे १२’ नामक फेसन शो आयोजना हुने भएको छ । आइसी कलेजले आयोजना गर्न लागेको फेसन शोमा २७ नेपाली तथा ६ अन्तराष्ट्रिय मोडलले र्याम्पमा नयाँ डिजाइन प्रस्तुत गर्नेछन् ।

दरबार मार्गस्थित याक एण्ड यती होटलमा आयोजना हुने फेसन शोमा ५१ जना फेसन डिजाइनरले तयार पारेका डिजाइन र्याम्पमा प्रस्तुत गर्नेछन् । फेसन डिजाइनर नै आइसी कलेजका २० औं ब्याजका पास आउट बिद्यार्थी हुन् ।

११ सिक्वेलमा मोडलले फेसन प्रस्तुत गर्ने शोको म्यानेजमेन्ट नेक्स्ट मोडल्स नेपालले लिएको छ । फेसन शोका लागि भारतबाट कोरियोग्राफार यतिन नरेन्द्र गान्धी सहभागी हुनेछन् ।

विगत धेरै बर्षदेखि नियमित आयोजना हुँदै आएको यो फेसन शो यो सिजनकै उत्कृष्ट हुने म्यानेजमेन्ट जिम्मेवारी लिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।

नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पर्याउने उदेश्यले बिगत लामो समयदेखि ‘आइसी डिजाइनर रनवे’ आयोजना हुँदै आएको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताइन् ।