Dhulikhel Eco Banner new
NCHL Banner 2081

वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीलाई सात वर्ष कैद

2.09K
shares

काठमाडौं, २९ जेठ । वैवाहिक बलात्कार मुद्दामा दोषी ठहर भएका जिल्ला न्यायाधीश भुवन गिरीलाई सात वर्ष कैद र तीन लाख जरिवाना तोकिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले मंगलबार गिरीको सजाय तोकेको हो।

यसअघि जेठ १३ गते न्यायाधीश भुसालकै इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो। सजाय निर्धारणाका लागि भने आजको पेसी तोकिएको थियो।

जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश रहँदा गिरीकी श्रीमतीले प्रहरीमा जाहेरी दिएकी थिइन्। जाहेरीका आधारमा अदालतमा मुद्दा दर्ता भएपछि न्यायपरिषद्ले गिरीलाई निलम्बन गरेको थियो।