Nepal Life Banner (End Date 5 Magh 2081)

पोखरा महानगरको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्तालाई जोड्दै

1.59K
shares

काठमाडौं, २१ असार । पोखरा महानगरपालिकाले सञ्चालनमा ल्याएको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्तालाई जोड्ने काम गरिरहेको छ । एम्बुलेन्सले महानगरपालिकाका ग्रामीण बस्तीमा भएका उत्पादनको सहज बजारीकरण गर्न सहयोग पुर्‍याएको हो ।

फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास आयोजना र पोखरा महानगरपालिकाको सहकार्यमा ३६ लाख रुपैयाँ लागतमा खरिद गरिएको कृषि एम्बुलेन्सले गएको वर्षको वैशाख ५ गतेदेखि सेवा शुरुआत गरेको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो ।

कृषि एम्बुलेन्समार्फत अहिले पोखरा महानगरपालिका वडा नम्बर २२ पुम्दीभुम्दी, वडा नम्बर २३ चापाकोट, घाँटीछिना, वडा नम्बर २८ माझठाना, वडा नम्बर ३३ भरतपोखरीको बागमारा, वडा नम्बर २५ झिर्झिकालगायत ठाउँबाट कृषिजन्य उत्पादन निःशुल्क ढुवानी भइरहेको छ ।

कृषि एम्बुलेन्सले गाउँबाट ताजा तरकारी ल्याएपछि पोखरा बजारमा किन्नेहरूको भीड लाग्ने गरेको छ । किसानबाट ल्याइएको उत्पादन उनीहरूसँग खरिद गरेको मूल्यको २० प्रतिशतभन्दा बढी नबढ्ने गरी उपभोक्ताले खरिद गर्न पाउने व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ ।