मुगुमा एक सातापछि हवाई सेवा सञ्चालन

1.86K
shares

काठमाडौं, २५ असार । मुगुको एक मात्र रारा विमानस्थलमा आज मंगलबारदेखि हवाई सेवा सञ्चालन भएको छ। अविरल वर्षाका कारण अवरुद्ध हवाई सेवा सात दिनपछि पुनः सञ्चालनमा आएको हो।

रारा नागरिक उड्डयन कार्यालय मुगुका प्रमुख श्रीकृष्ण रिजालका अनुसार मौसममा केही सुधार भएपछि आज समिट र तारा एयरले उडान गरेका छ्न्। पहिरोले सडक सञ्जाल विच्छेद भएको मुगुमा हवाई उडानसमेत नहुँदा यात्रुहरूलाई आउजाउ गर्न कठिनाइ भएको थियो।

कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा विगत सात दिनदेखिको अविरल वर्षासँगै बाक्लो हुस्सु र कुहिरोले हवाई उडान अवरुद्ध हुँदै आएको थियो।
आजबाट कर्णाली राजमार्ग पनि सञ्चालन भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।