वित्तीय क्षेत्रमा एआईको अधिकतम सदुपयोग गर्ने राष्ट्र बैंकको नीति
वि.सं.२०८१ असोज २४ बिहीवार १३:०७
shares
काठमाडौँ, ११ साउन । नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रमा कृत्रिम बौद्धिकता ९एआई०को अधिकतम सदुपयोग गर्ने नीति लिएको छ ।
यस सम्बन्धमा आवश्यक अध्ययन गरी यसबाट सृजना हुनसक्ने जोखिमहरू पहिचान गरी सोलाई न्यूनीकरण गर्दै कृत्रिम बौद्धिकतालाई अधिकतम सदुपयोग गर्न यससम्बन्धी मार्गदर्शन तर्जुमा गरिने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।
चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै उनले भने,‘यस बैंकबाट इजाजतपत्र-अनुमतिपत्रप्राप्त संस्थामा बढ्दै गइरहेको डिजिटल प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै वित्तीय क्षेत्रमा प्रयोग हुने कृत्रिम बौद्धिकता सम्बन्धमा आवश्यक अध्ययन गरी यसबाट सृजना हुनसक्ने जोखिमहरू पहिचान गरी सोलाई न्यूनीकरण गर्दै कृत्रिम बौद्धिकतालाई अधिकतम सदुपयोग गर्न यससम्बन्धी मार्गदर्शन तर्जुमा गरिनेछ ।