GBIME

बीमा कम्पनीका पहिलो नेपाली सीईओको शानदार अवकास

प्रभु महालक्ष्मी उच्च व्यवस्थापन तहका आधा दर्जनले भिआरएस लिने

21.3K
shares

काठमाडौं, १३ माघ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईसहित व्यवस्थापनका उच्च अधिकारीहरु विशेष प्याकेजसहित स्वेच्छिक अवकासमा जाने भएका छन् । कम्पनीले ल्याएको विशेष प्याकेज रोज्दै प्रमुख कार्यकारी अधिकृत भट्टराईले फागुन १ गतेदेखि लागू हुने गरी राजीनामा दिइसकेका छन् । अन्य अधिकारीहरुले पनि स्वेच्छिक अवकास योजना (भिआरएस) मा सहभागी हुने सञ्चालक समितिलाई जानकारी दिइसकेका छन् ।

अवकासमा जादा २ वर्षसम्मकाे तलब सुविधा र आफूले चढ्दै आएको सवारी साधन लगायतका सुविधा दिने गरी संस्थाले प्याकेज अगाडि सारेको छ । संस्थाले ल्याएको प्याकेज पछि सीईओ भट्टराईले पहिलो राजीनामा दिएका थिए । उनले फागुन १ गतेदेखि राजीनामा दिएर अहिले बिदामा बसेका छन् ।

सीईओ भट्टराईबाहेक नायव प्रमुख कार्यकारी अधिकृतहरु नै ४ जना छन् । वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं, नायव प्रमुख कार्यकारी अधिकृतहरु किशोर लामिछाने, कमल पन्थी र रामेश्वर श्रेष्ठ मध्ये कम्तिमा २ जनाले भिआरएस रोज्ने कन्फर्म जस्तै छ । उनीहरु सहित कम्तिमा आधा दर्जन व्यवस्थापन तहका अधिकारीहरुले भिआरएसको बाटो रोज्ने तयारी गरेका छन् ।

छोटो समय नेपाल लाइफको सीईओ हुने अवसर पाएका प्रसाईं साविकको प्रभुको लाइफको पनि छोटो समय सीईओ भइसकेका व्यक्ति हुन् । सीईओ भट्टराईले राजीनामा दिएर फागुन १ गतेसम्मका लागि बिदामा बसेपछि अहिले प्रसाईं कामू सीईओको रुपमा छन् । भट्टराई पछि छोटै समयका लागि भएपनि प्रभुको सीईओ प्रसाईं नै हुने पक्का छ ।

उता किशोर लामिछाने प्रभु महालक्ष्मीको सबैभन्दा पूराना उच्च व्यवस्थापकीय अधिकारी हुन् । उनले साविकको प्रभु लाइफको कामू सीईओको रुपमा २ वर्ष सफल नेतृत्व गरिसकेका छन् । त्यसपछिका डिसीईओहरु पन्थी र श्रेष्ठ पनि बीमा क्षेत्रमा लामो समय अनुभव भएका हस्तीहरु हुन् । यी तीन मध्येबाट २ जनाले २४ महिनासम्म (२ वर्ष)को तलब सुविधा, गाडि लिएर स्वेच्छिक अवकास रोज्न सक्ने एक सञ्चालकले बताए ।

ती सञ्चालकका अनुसार भिआरएस रोज्नेका लागि आगमी २५ गतेसम्मको समयसीमा तोएिको छ । २५ गतेसम्म भिआरएस रोज्नेले निवेदन दिन पाउनेछन् । जागिर छाडेर २ वर्षको अग्रिम तलब, भत्ता पाउने भएपछि प्रभु महालक्ष्मीका धेरै कर्मचारीहरु भिआरएस रोज्ने तयारीमा छन् । यद्यपि, यो अफर उच्च व्यवस्थापनका लागि मात्रै हाे । तलका कर्मचारी हाेइन सीईओ, डिसीईओ र विभागीय प्रमुखहरुले मात्रै शानदार अवकास लिन सक्नेछन् ।

नेपालको पहिलो सीईओदेखि कान्छो कम्पनीको सीईओसम्म

भट्टराई तिनै व्यक्ति हुन्, जसले नेपाली बीमा कम्पनीमा एउटा इतिहास रच्न सफल भए । नेपालीहरु बीमा कम्पनीको सीईओ हुनै सक्दैनन् भन्ने आम मानिसिकतालाई तोड्नै भट्टराई नेपाली बीमा कम्पनीको पहिलो नेपाली सीईओ भएका थिए । भट्टराई अघि कोही पनि नेपाली बीमा कम्पनीकाे सीईओ भएका थिएनन् ।

भट्टराई बीमा क्षेत्रकै नियमनकारी निकाय बीमा समितिको अध्यक्ष हुनका लागि मन्त्रिपरिषद्मा सिफारिस समेत भएका व्यक्ति हुन् । बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा समितिको अध्यक्षका लागि चिरञ्जीवि चापागाईं र डा. रवीन्द्र घिमिरेसँगै भट्टराई पनि सिफारिसमा परेका थिए ।

यद्यपि, त्यसबेला घिमिरे र भट्टराईलाई पछि पार्दै चापागाईंले नेतृत्वमा पुग्न सफल भएका थिए । भट्टराई आफूले हात हालेको क्षेत्रमा सफल भएका व्यक्ति हुन् । भट्टराईबारे नेपालको नम्वरवान अनलाइन पत्रिका अनलाइनखबरले २०७५ असोज २९ गते बायोग्राफी नै लेखेको छ ।

बायोग्राफी हेर्नोस् :

बीमा कम्पनीका प्रथम सीईओको आत्मकथास् जहाँ छोयो त्यहीँ सफल

भट्टराई नेपाल लाइफ र एशियन लाइफको पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् भने बीमा कम्पनीका सीईओहरुको छाता संगठन नेपाल बीमक संघका पूर्व अध्यक्ष समेत हुन् । महालक्ष्मी लाइफ इन्स्योरेन्स पनि भट्टराईकै सक्रियतामा स्थापना भएको थियो । भट्टराई बीमा क्षेत्रका पायोनियर नै हुन् । बीमा क्षेत्रमात्रै होइन उनी बैंकिङ क्षेत्रका पनि एक कुशल नेतृत्वकर्ता हुन् ।

नेपाल बैंकको अधिकृत स्तरमा २०३९ सालमै नाम निकालेका भट्टराईले त्यहाँ कर्जा विभाग तथा बैंक सुपरिवेक्षण विभागकाे विभागीय प्रमुखका रुपमा काम गरे । मुलुककै जेठो बैंकको उपमहाप्रवन्धक भएका भट्टराईले ‘ग’ वर्गको फाइनान्स खोल्नकै लागि जागिर छाडे । उनले आफ्नै सक्रियतामा महालक्ष्मी फाइनान्स खोले ।

महालक्ष्मी फाइनान्सको कार्यकारी नेतृत्व आफैले गरे । महालक्ष्मी फाइनान्सलाई अपग्रेड गरेर विकास बैंक बनाउन समेत उनी सफल भए । विकास बैंकहरुको विग मर्जर समेत गराउन सफल भएका भट्टराईले तत्कालीन २ ठूला विकास बैंकहरू महालक्ष्मी र यति डेभलपमेन्ट बैंक मर्ज गराए । त्यसको केही समय नेतृत्व गरेर उनी महालक्ष्मी विकास बैंकबाट बिदा लिएर महालक्ष्मी लाइफ खोल्न तिर लागेका थिए ।

महालक्ष्मी लाइफलाई लाइसेन्स नदिन ठूलै चलखेल समेत भएको थियो । अन्नतः उनले सर्वोच्च अदालतबाट आदेश लिएरै महालक्ष्मीको लाइसेन्स लिए । भगवानले त सोच, म पुर्याउछु भने जस्तै उनले सोचेको पूरा भयो । महालक्ष्मी लाइफ नेपालको कान्छो बीमा कम्पनी थियो । कान्छो बीमा कम्पनीलाई प्रतिष्ठित व्यवसायिक घराना प्रभु समूहको लगानी रहेको प्रभु लाइफसँग गाभेर गाभिएपछिको नेतृत्व पनि आफैले लिए ।

मर्जरपछि ६ महिना भन्दा लामो समय नेतृत्व गरेर कम्पनीले ल्याएको भिआरएस योजनामा सहभागी हुने निर्णय सहित उनी अहिले बिदामा छन् । भट्टराई उमेरले पनि साढे ६ दशक पार गरिसेकेका छन् । उमेरले ६५ नाघेपति उस्तै जोशिला भट्टराई अब जागिरे यात्रामा ब्रेक लागेको बताउछन् । ‘उमेर भनेको त एउटा संख्यामात्रै हो, म बुढो भएको छैन नि’ राजीनामा दिएपछि केटिएम भ्वाइससँगको कुराकानीमा भने, ‘जागिर चाहि अब नखाने, तर काम गर्न चाहिँ छाडिन्न ।’

Dhulikhel Eco Resort 1200*100

Follow Up

‘प्रिमियममा आईपीओ जारी गर्नु ५० लाख डिम्याट खातावालाप्रति गरिने बेइमानी हो’

‘प्रिमियममा आईपीओ जारी गर्नु ५० लाख डिम्याट खातावालाप्रति गरिने बेइमानी हो’

‘दुई दिनको बिदाले अर्थतन्त्रमा सकारात्मक भन्दा धेरै नकरात्मक असर गर्छ’

‘दुई दिनको बिदाले अर्थतन्त्रमा सकारात्मक भन्दा धेरै नकरात्मक असर गर्छ’

‘प्रभु महालक्ष्मीलाई सफल बनाउने हाम्रो उद्देश्य हो, विफल बनाउन खोजे चुप लागिन्न’

‘प्रभु महालक्ष्मीलाई सफल बनाउने हाम्रो उद्देश्य हो, विफल बनाउन खोजे चुप लागिन्न’

‘यो संकटको समय हो, बैंक र व्यवसायी दुवै बाच्नु पर्छ’

‘यो संकटको समय हो, बैंक र व्यवसायी दुवै बाच्नु पर्छ’

‘सुविधा हिसाबले बैंकमा भन्दा लघुवित्तको ब्याजदर सस्तो भइसक्यो’

‘सुविधा हिसाबले बैंकमा भन्दा लघुवित्तको ब्याजदर सस्तो भइसक्यो’

‘मर्जरले कम्पनीको अधिकार कटौति हुन्छ, हाम्रो सरकारी नीति नै ठिक छैन’

‘मर्जरले कम्पनीको अधिकार कटौति हुन्छ, हाम्रो सरकारी नीति नै ठिक छैन’

२ दिने बिदाले कामचोर र भ्रष्ट कर्मचारीलाई फाइदा हुन्छ : सीईओ भट्टराई 

२ दिने बिदाले कामचोर र भ्रष्ट कर्मचारीलाई फाइदा हुन्छ : सीईओ भट्टराई 

अरुले मर्जरबाट कर्मचारी हटाउँदै गर्दा प्रभु महालक्ष्मीले भने नयाँ भर्ना खुलायो

अरुले मर्जरबाट कर्मचारी हटाउँदै गर्दा प्रभु महालक्ष्मीले भने नयाँ भर्ना खुलायो