हट्ला त साना डिजिटल कारोबारको सेवा शुल्क ? प्रधानमन्त्री भन्छन्- पहल गर्छु
वि.सं.२०८१ भदौ ३० आइतवार ०९:०३
shares
काठमाडौं, ३० भदौ । केन्द्रीय बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने नीति लिएको छ । तर, साना डिजिटल कारोबारमा समेत सुेवा सुल्क त्यसमा पनि भ्याट जोडेर लिदा सर्वसाधारणहरुको आक्रोश छ । धेरैले सामाजिक सञ्जालमा यसको विरोध गरेका छन् । यो विषय प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पुुगेको छ ।
प्रधानमन्त्री ओलीले साना डिजिटल कारोबार गर्दा निस्शुल्क गर्न पहल गर्ने फेसवुकमार्फत घोषणा गरेका छन् । यस विषयमा आफूलाई नागरिकले फेसबुकमार्फत जानकारी गराएको बताउँदै प्रधानमन्त्री ओलीले सम्बन्धित अधिकारीसँग छलफल गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले फेसबुक पेजमा लेखेका छन्, ‘साना डिजिटल कारोबार गर्दा निस्शुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दैछु । तपाईंहरुका समस्या सरकारलाई यसरी नै जानकारी गराउनुहोला । हामीलाई सधैं झकझकाउनुहोस् । सरकारले त्यसतर्फ काम गर्दै जानेछ ।’