नेपालद्धारा स्कटल्याण्डलाई १२९ रनको लक्ष्य प्रस्तुत

वि.सं.२०७९ साउन १ आइतवार १८:४६
shares

काठमाडौं, १ साउन । आईसीसी पुरुष विश्वकप लिग दुई अन्तर्गतको खेलमा नेपालले स्कटल्याण्डलाई १२९ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभर ५ बलमा अलआउट हुन्दै १२८ रन बनाए पछि घरेलु टोलीले १२९ रनको लक्ष्य पाएको हो ।
निकै खराब ब्याटिङ गरेको नेपालकाका लागि ओपनर आसिफ शेखले सर्वाधीक ४० रनको योगदान दिए । उनले ५८ बलको सामना गर्दै ६ चौकाको मद्दतमा ४० रन बनाए । त्यस्तै कप्तान सन्दिप लामिछानेले अन्तिममा २२ रनको योगदान दिए भने विनोद भण्डारीले १३ रनको पारी खेले । अन्यको प्रदर्शन सम्झन लायक भएन् ।
रोहित पौडेल र देव खनालले समान १० रन बनाए भने दीपेन्द्र सिहं ऐरी, सोमपाल कामी र करण केसीले समान ७ रनको पारी खेले । ओपनर कुशल भुर्तेल ३ रनमा पेवेलियन फर्किए । आरिफ शेखले खाता समेत खोल्न सकेनन् ।
नेपालको पारी ध्वस्त पार्नका लागि स्कटल्याण्डका लागि हमजा ताहिर एक्लैले ४ विकेट लिए । त्यस्तै मार्क वाटले ३ विकेट लिए भने गेभिन मेनले २ विकेट लिए । त्यस्तै क्रिस्टोफर म्याकब्राइडको नाममा एक विकेट लिए ।
त्रिकोणात्मक सिरिजको लागि स्कटल्याण्ड गएको ३ खेलमा १ खेलमा जित निकालेको छ । स्कटल्याण्ड उड्नुभन्दा पहिले कप्तान सन्दिप लामिछानेले ३ खेल जित्ने लक्ष्य रहेको बताएका थिए । तर त्यो लक्ष्य त प्राप्त भएन तर दुई खेल जित्ने सम्भावना समेत कमजोर बनेको छ ।