GBIME

एसोसिएट राष्ट्रले ल्याएको फेरबदल

2.45K
shares

काठमाडौं, २५ कात्तिक । एसोसिएट राष्ट्रको लागी विश्वकप क्रिकेट प्रतियोगिताहरु मध्ये ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट २०२२ सबै भन्दा सफल प्रतियोगिता बन्यो । यस प्रतियोगितामा एसोसिएट राष्ट्रहरुले टेष्ट खेल्ने राष्ट्रलाई सहझै पराजित गरेर आफ्नो शक्ती प्रदर्शन गरे । क्रिकेटमा टेष्ट मान्यता प्राप्त गरेका राष्ट्रहरुले सधै एक दिवसिए मान्यता मात्रै पाएका वा सो पाउनका लागि पनि महेनत गरिरहेका राष्ट्रहरुलाई गर्ने व्यवहार काहालि लाग्दो छ । एसोसिएट राष्ट्रले ठूला भनिएका राष्ट्रसँग खेल्ने र पराजित गर्ने एउटा मात्रै ठाउँ हो विश्वकप।

विश्वकपमा म त्यो राष्ट्र कमजोर छ खेल्दिन भन्न मिल्दैन । जसरी भारत र पाकिस्तान बीचको खेल हेर्नका लागि विश्वकप नै कुर्नु पर्दछ त्यसैगरी एसोसिएट राष्ट्रले टेष्ट मान्यता पाएका र उपाधिका दावेदार राष्ट्रलाई हराएको र उनीहरुसँग पौँठेजोरी खेलेको हेर्नका लागि विश्वकप उपयुक्त विकल्प हो । साथै एसोसिएट राष्ट्रले पनि आफूहरु बलियो भएको देखाउने र हेपाइको बदला लिने प्टफम यही हो ।

अन्तराष्ट्रिय क्रिकेट परिषद्ले आयोजना गर्ने सबै जसो ठूला प्रतियोगितामा एसोसिएट राष्ट्रलाई टेष्ट मान्यता प्राप्त राष्ट्रले हेप्ने गरेको पाइन्छ । सायद यस्तै हेपाइमा थियो होला दक्षिण अफ्रिका पनि नेदरल्याण्डसँगको खेल अघि । उ आफ्नो समूहबाट सेमिफाइन पुग्ने सहज अवस्थामा थियो । उसले नेदरल्याण्डलाई सहजै हराउछ र सेमिफाइनलमा पुग्छ भन्ने सबैको आंकलन थियो । तर यो आंकलनलाई नेदरल्याण्डले फिक्का मात्रै बनाएन दक्षिण अफ्रिकालाई सुपर १२ बाटै घर समेत पठायो ।

ट्वान्टी–ट्वान्टी विश्वकपको ८ औं संस्करणमा एसोसिएट राष्ट्रले ५ फरक टेष्ट मान्यता पाएका राष्ट्रलाई पराजित गरेर आफूहरुलाई कमजोर नहाँक्नका लागि ठूला भनिएका राष्ट्रहरुलाई पाठ सिकाएका छन् । आठौँ संकरणको २० ओभरको खेलमा टेष्ट मान्यता प्राप्त श्रीलंका, वेष्टईण्डीज, आयरल्याण्ड, जिम्बाबे र दक्षिण अफ्रिका एसोसिएट राष्ट्रको सिकार बन्न पुगे । तर ठूलो चोट वेष्टईण्डीज र दक्षिण अफ्रिकालाई लाग्यो ।

नेदरल्याण्डले अप्रत्यासित नतिजा निकालदै सेमिफाईनलको सहज यात्रामा देखिएको दक्षिण अफ्रिकालाई अन्तिम खेलमा १३ रनले हराउँदै घर फर्कायो भने सुपर १२ को सहज सपना बोकेको २ पटकको टि–ट्वान्टी विश्वकप विजेता वेष्टईण्डीजलाई अर्को एसोसिएट राष्ट्र स्कटल्याण्डले ४२ रनले पराजित गरेर समुह चरण बाटै घर फिर्ता गरिदियो ।

२० ओभरको क्रिकेट विश्वकपमा अहिलेसम्म दुई पटक उपाधि उचाल्ने एक्लो राष्ट्र हो वेष्टईण्डीज । तर सिधै सुपर १२ मा पुग्न नसकेपछि उसले समूहचरण खेल्नु पर्ने बाध्यता आयो । २० ओभरको खेलका उपयुक्त खेलाडिहरु रहेको वेष्टईण्डीज समूहचरणबाट बाहिरिन्छ भन्ने सायद कसैले पनि सोचेको थिएन । तर क्रिकेट अनिश्चितताको खेल हो त्यसमा जुन सुकै अवस्थामा पनि नजिता सोचेभन्दा फरक आउन सक्छ । जसको उदाहरण यो पटकको विश्वकपमा एसोसीएट राष्ट्रले गरेको प्रर्दशनलाई लिन सकिन्छ ।

यो पटकको विश्वकपको पहिलो गासमै टेष्ट मान्यता प्राप्त राष्ट्रलाई ढुङ्गा लागेको थियो । समुह चरणको पहिलो खेलमा एक पटकको टि–ट्वान्टी विश्वकप विजेता श्रीलंकालाई नामिवियाले ५५ रनले पराजित गर्‍यो । जनु अपेक्षा अनुसार थिएन् । यो पराजियले श्रीलंकालाई ठूलो घाटा त भएन तर उसको क्रिकेट स्तर खस्कदो छ भन्ने कुरालाई भने प्रमाणित गर्‍यो ।

समुह चरण अन्तरगतको खेलमा स्कटल्याण्डले सन् २०१७ मा टेष्ट मान्यता पाएको टोली आयरल्याण्डलाई ६ विकेटले पाराजित गरेर सहजै सुपर १२ मा पुग्यो । त्यस्तै नेदरल्याण्डले सुपर १२ मा अर्काे टेष्ट मान्यता प्राप्त राष्ट्र जिम्बाबेलाई १३ रनले पराजित गरेर एसोसिएट राष्ट्रहरुको शक्ती प्रदर्शन गर्‍यो ।

हाल आईसिसिको पूर्ण सदस्य राष्ट्र १२ ओटा रहेका छन् । जस अन्तरगत अष्ट्रेलिया, इङ्गल्याण्ड, भारत, पाकिस्तान, श्रीलंका, न्युजिल्याण्ड, वेष्टईण्डीज, दक्षिण अफ्रिका, बंगलादेश, आयरल्याण्ड, जिम्बाबे र अफगानिस्तान छन् । यी बाहेक आईसीसी सबै सदस्य राष्ट्र एसोसिएट टोली अन्तरगत पर्दछन् । त्यस मध्ये एकदिवसिय मान्यता प्राप्त एसोसिएट ८ राष्ट्रमा नेपाल, स्कटल्याण्ड, नामिविया, युएई, नेदरल्याण्ड, ओमन, पपुवान्युगिनी र युएसए (अमेरिका) रहेका छन् । यी देशहरुमा पछिल्लो समय विक्रेटको विकास तिब्र गतिमा भइरहेको छ ।

एसोसिएट राष्ट्रले टेष्ट राष्ट्रलाई पराजित गर्दा सुपर १२ को अंक तालिकामा निकै ठूलो फेरबदल आयो । सुपर १२ बाट बाहिरिने संघारमा पुगेको पाकिस्तान सेमिफाइन पुग्यो भने सहज अवस्थामा रहेको दक्षिण अफ्रिका सुपर १२ बाटै घर फर्किन बाध्य भयो । पाकिस्तान प्रतियोगिताको फाइनलमा समेत पुगिसकेको छ ।

एकदिवसिय विश्वकपमा एसोसिएट राष्ट्रहरुको सफलता

एसोसिएट राष्ट्रहरुको सफलताको इतिहास सन् १९७९ बाट सुरु हुन्छ । सन् १९७५ को पहिलो विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंका र पूर्वी अफ्रिकाले पाहुना टोलिको रुपमा भाग लिएका थिए । त्यस समयमा ६ राष्ट्र मात्र आईसिसिको पूर्ण सदस्य राष्ट्र थिए । तर, सन् १९७९ मा दोस्रो पटक विश्वकपमा भाग लिएको श्रीलंकाले छिमेकी राष्ट्र भारतलाई ४७ रनले पराजित गरेर विश्वकपमा एसोसिएट राष्ट्रहरुको विजयी यात्राको विजारोपण गर्न सफल भयो । यो नै एसोसिएट राष्ट्रले पूर्ण सदस्य राष्ट्रलाई पराजित गरेको पहिलो खेल हो । त्यतिबेला २० ओभरको खेल हुँदैन थियो । यो सफलता पश्चात श्रीलंका सन् १९८१ मा आईसिसिको ७ औं पूर्ण सदस्य राष्ट्रमा परिणत भयो ।

श्रीलंकाले सुरु गरेको एसोसिएटको विजयी यात्रामा सन् १९८३ मा अष्ट्रेलियालाई १३ रनले हराएर जिम्बाबेले निरन्तरता दियो । सन् १९८७ को विश्वकपमा भने एसोसिएट क्षेत्रबाट प्रतिनिधित्व गरेको एक मात्र राष्ट्र जिम्बाब्वेले कुनै सफलता हात पार्न सकेन । तर, सन् १९९२ को विश्वकपमा फेरी जिम्बाबेले नै क्रिकेटको जन्मदाता इङ्गल्याण्डलाई ९ रनले पराजित गरेर अर्काे इतिहास रच्यो ।

विश्वकप इतिहासमा उच्च सफलता हात पारेको एसोसिएट राष्ट्रको पहिलो नाममा केन्याको नाम आउँछ । केन्याले सन् १९९६ मा पहिलो पटक विश्वकपमा भाग लिएको थियो । उक्त प्रतियोगितामा केन्याले २ पटकको एकदिवसिय विश्वकप विजेता वेष्टईण्डीजलाई ७३ रनको फराकिलो अन्तरले पराजित गर्दै विश्वकपमा सुखद डेब्यु गर्‍यो ।

केन्याले उच्च सफलता भने सन् २००३ को विश्वकपमा हात पारेको हो । श्रीलंका, न्युजिल्याण्ड, बंगलादेश र एसोसिएट राष्ट्र क्यानडालाई पराजित गर्दै सुपर ६ मा पुगेको केन्याले सुपर ६ मा जिम्बाबेलाई ७ विकेटले हराउँदै सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । जुन एसोसिएट राष्ट्रले हासिल गरेको अहिलेसम्कै उत्कृष्ट र केन्याको पनि उत्कृष्ट नतिजा हो ।

एसोसिएट राष्ट्रको विजयी इतिहासमा नाम दर्ता गर्ने अर्काे राष्ट्र हो बंगलादेश । आफ्नो डेब्यु विश्वकप सन् १९९९ मा बंगलादेशले पाकिस्तानलाई पराजित गरेको थियो । सन् २००७ को विश्वकपमा आयरल्याण्डले पाकिस्तालाई र बंगलादेशलाई पराजित गर्दै एसोसिएट राष्ट्रको सम्मान बचाई राख्यो । त्यस पछी आयरल्याण्डले सन् २०११ को विश्वकपमा इङ्गल्याण्डलाई र सन् २०१५ को विश्वकपमा वेष्टईण्डीज र जिम्बाबेलाई पराजित गरको थियो । अहिले आयरल्याण्ड पनि पूर्ण राष्ट्रको मान्यतामा रहेको छ ।

आईसिसिले १० टोलिमा खुम्चाएर आयोजना गरेको सन् २०१९ को विश्वकपमा भने एसोसिएट क्षेत्रको प्रतिनिधित्व गर्ने कुनै पनि राष्ट्र सहभागी हुन सकेनन् । सबै पूर्ण राष्ट्र नै यो प्रतियोगितामा सहभागि भएका थिए ।

ट्वान्टी–ट्वान्टी विश्वकपमा एसोसिएट राष्ट्रहरुको सफलता

ट्वान्टी–ट्वान्टी विश्वकप भने धेरै एसोसिएट राष्ट्रले सहभागी हुन पाउने आईसिसिको एक मात्र ठूलो प्रतियोगिता हो । सिमित ओभरमा निकै रोमान्चक मानिले यस ढाँचाको प्रतियोगितामा नव प्रवेशी टोलिले पनि अप्रत्यासित नतिजा हात पार्न सक्ने क्षमता राख्दछन् । सन् २००७ बाट हुँदै आएको ट्वान्टी–ट्वान्टी विश्वकपमा नेपाल पनि सन् २०१४ मा सहभागीता जनाएको थियो ।

२० ओभरको विश्वकप प्रतियोगितामा भने आयरल्याण्डले एसोसिएट राष्ट्रको तर्फ बाट सन् २००९ मा टेष्ट मान्यता प्राप्त राष्ट्र बंगलादेशलाई ६ विकेटले पराजित गर्दै इतिहासमा पहिलो नाम दर्ता गरेको थियो । सन् २०१४ मा हङ्गकङ्गले बंगलादेशलाई २ विकेटले र आयरल्याण्डले जिम्बाबेलाई ३ विकेटले हराएर इतिहास रचेका थिए । सोहि संस्करणको सुपर १० मा नेदरल्याण्डले इङ्गल्याण्डलाई ४३ ले हराएर टेष्ट मान्यता प्राप्त राष्ट्र माथी अप्रत्यासित नतिजा निकालेको थियो ।

एसोसिएट राष्ट्रहरुको विजयी यात्रामा सन् २०१६ को विश्वकपमा अफगानिस्तानले पनि साथ दिएको पाईन्छ । यस प्रतियोगिताको समुह चरणमा जिम्बाबेलाई ५९ रनले पराजित गरेको अफगानिस्तानले सुपर १० मा वेष्टईण्डीजलाई ६ रनले पराजित गरेको थियो । अफगानिस्तान आयरल्याण्ड संगै सन् २०१७ बाट आईसिसिको पूण सदस्य राष्ट्रमा परिणत भयो ।

सन् २०२१ को विश्वकपमा भने समुह चरणमा नामिविया र स्कटल्याण्डले विजयी यात्रालाई निरन्तरता दिए । नामिवियाले ४ वर्ष अघी टेष्ट मान्यता पाएको राष्ट्र आयरल्याण्डलाई ८ विकेटले र स्कटल्याण्डले बंगलादेशलाई ६ रनले पराजित गरे ।