Nepal Life Banner

एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता कजाकस्तानसँग भिड्दै नेपाल

2.93K
shares

काठमाडौं, ११ जेठ । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत नेपालले कजाकस्तानसंग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिताको दोस्रो सेमिफाइनल अन्तर्गत नेपालले साँझ ५ बजे कजाकस्तानसंग प्रतिस्पर्धा गर्न लागेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्डहलमा हुने खेलमा कजाकस्तानलाई हराए नेपाल फाइनल पुग्नेछ । नेपाल समूह ’ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।कजाकस्तान समूह ’बी’ को विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

काजखस्तानले ९ सेट जित्दा २ सेट मात्र गुमाएको छ । काजखस्तानले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको थियो भने श्रीलंका र उज्वेकिस्तानले कडा टक्कर दिएका थिए । श्रीलंका र उज्वेकिस्तान विरुद्ध काजखस्तान समान ३–१ को सेटमा विजयी भएको थियो ।

घरेलु टोली नेपाल समूह ‘ए’ मा दुई जित र एक हारबाट समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराएको नेपाल भारतसँग प्रतिस्पर्धात्मक खेलमा ३–१ को सेटमा पराजित भयो । नेपालले प्रतियोगितामा ७ सेट जित्दा ३ सेट गुमाएको छ ।

राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तानको सहभागि छन् ।
पहिलो सेमिफाइनलमा भारत र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

नेपाल र काजखस्तान खेल्नुअघि भारतले पहिलो सेमिफाइनलमा उज्वेकिस्तानसँग खेल्नेछ । भारत अपराजित हरँदै समूह ‘ए’ को विजेता बन्दा उज्वेकिस्तान समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको थियो ।