GBIME

एक हजार रुपैयाँले घट्यो सुनको मूल्य, मंगलबार ९७ हजार २ सय

1.43K
shares

काठमाडौँ, २० वैशाख । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । मंगलबारका लागि बजार मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

लामो समयपछि बजारमा सुनको मूल्य तोलामा ९८ हजार भन्दा तल आएको हो। सोमबार मूल्य घट्ने क्रममा ८ सयको गिरावटपछि प्रतितोला ९९ हजारबाट प्रतितोला ९८ हजार २ सय रुपैयाँ भएको थियो।

चाँदी भने मंगलबार घटबढ छैन। प्रतितोला १२ सय ९० रुपैयाँमा स्थिर छ। साताको पहिलो दिनका तुलनामा १० रुपैयाँ घटेर सोमबार उक्त मूल्यमा आइपुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। सोमबार प्रतिऔंस १८८६.५९ डलर रहेको सुन मंगलबार १९५८.२१ डलर छ। यसैगरी सोमबार प्रतिऔंस २२.६७ डलर रहेको चाँदी मंगलबार २२.५४ डलर भएको छ

Dhulikhel Eco Resort 1200*100