रोकिएको सुन आयात खुला, बैंकर्स संघले एकै पटक एक क्विन्टल सुन आयात

वि.सं.२०७९ वैशाख २१ बुधवार ११:०३
1.63K
shares
shares

काठमाडौं, २१ वैशाख । केही समयदेखि रोकिएको सुन आयात पुनः सुचारु हुने भएको छ । बैंकर्स संघले एकै पटक एक क्विन्टल (सय केजी) सुन आयात गर्ने भएको हो ।
बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले बैंकहरु मिलेर सय केजी सुन आयात गर्न लागिएको केटिएम भ्वाईसलाई जानकारी दिए । ‘कुनै एउटा बैंकले आयात गर्न लागेको होइन, बैंकहरु मिलेर आयात गर्न लागिएको हो’ कार्यकारी निर्देशक शर्माले भने, ‘सम्भवतः एक महिनाभित्र सुन आयात हुन्छ ।’
बढ्दो आयातका कारण विदेशी मुद्रा मुद्रा सञ्चिति घटेको भन्दै नेपाल राष्ट्र बैंकले एलसी खोल्न बन्द गरेको थियो । एलसी खोल्न बन्द भएपछि लामो समय सुन आयात रोकिएकोमा अब एकै पटक सय केजी सुन आउने भएको हो ।