Mangaldeep Aagarbatti
GBIME

सुुनको भाउ एक हजार ४०० रुपैयाँले बढ्यो

1.33K
shares

काठमाडौँ, २२ वैशाख । बिहीबार सुनको भाउमा उच्च बढोत्तरी भएको छ । वैशाख २२ गते, सुन तोलामा नै एक हजार ४०० रुपैयाँले बढेको छ । आज चाँदीको पनि मूल्य वृद्धि हुँदा प्रतितोला एक हजार ३०५ रुपैयाँमा पुगेको छ ।

यस दिन छापावाल सुन प्रतितोला ९८ हजार ६०० रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजाबी सुन प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार हुँदैछ ।

अघिल्लो कारोबारको दिन भने सुनको भाउ स्थिर रहेको थियो । सो दिन सुन मंगलबारकै कारोबार मूल्य अर्थात् ९७ हजार २०० रुपैयाँ कायम भएको थियो । त्यसअघि लगातार तीन दिन सुनको मूल्य घटेको थियो ।

बिहीबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले उकालो लागेको छ । बुधबार स्थिर रहेको चाँदीको भाउ आज प्रतितोला एक हजार ३०५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

 

National life Banner