सुनचाँदीकोे मूल्यमा गिरावट

6.08K
shares

काठमाडौं, २३ वैशाख । साताको अन्तिम दिन, सुनचाँदीको भाउमा गिरावट भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा झरेको छ ।
अघिल्लो कारोबार दिन सुन तोलामा नै एक हजार ४०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९८ हजार ६०० रुपैयाँ पुगेको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि सस्तिएको छ । यस दिन चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला एक हजार २८० रुपैयाँमा किनबेच हुँदैछ ।

यो साता सुनचाँदी दुबैको मूल्यमा गिरावट देखिएको छ । साताभारमा सुन तोलामा एक हजार २०० रुपैयाँले घटेको छ । गत शुक्रबार प्रतितोला ९९ हजार २०० रुपैयाँ तोकिएको सुनको भाउ त्यसयता लगातार तीन दिन घटेको थियो । साताकै उच्च कारोबार मूल्य आइतबार रहेको थियो । त्यस दिन सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । सातामा सबैभन्दा सुन सस्तो भएको दिन भने मंगलबार र बुधबार थियो । सो दिन सुनको भाउ प्रतितोला ९७ हजार २०० रुपैयाँमा झरेको थियो । साताभरीमा बिहिबार मात्र सुनको मूल्य वृद्धि भएको थियो ।

यस साता चाँदीको मूल्य पनि ओरालो लागेको महासंघको तथ्यांकमा देखिन्छ । महासंघका अनुसार चाँदी तोलामा २० रुपैयाँले घटेको हो । साताको अन्तिम कारोबार दिन चाँदी प्रतितोला एक हजार ३२० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार चाँदी साताकै सबैभन्दा महंगो मूल्यमा किनबेच भएको थियो । साताभरमा चाँदीको सस्तो मूल्य भने आज हो ।