GBIME

सुनको भाउमा वृद्धि, चाँदी भने स्थिर

1.36K
shares

काठमाडौं, २६ वैशाख । सुनको भाउ सोमबार पनि वृद्धि भएको छ । वैशाख २६ गते सुन तोलामा १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ भने स्थिर रहेको छ ।

यस दिन छापावाल सुन प्रतितोला ९८ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुन प्रतितोला ६०० रुपैयाँले महंगिएर प्रतितोला ९८ हजार ६०० रुपैयाँ पुगेको थियो ।

सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार २८५ रुपैयाँ कायम रहेको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला पाँच रुपैयाँले उकालो लागेको थियो ।

Dhulikhel Eco Resort 1200*100