नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गर्यो, यस्तो छ विनिमय दर

4.58K
shares

काठमाडौं, २६ वैशाख । सोमबार अमेरिकी डलर एकको खरिददर १२२ रूपैयाँ ७७ पैसा र बिक्रीदर १२३ रूपैयाँ ३७ पैसा कायम छ । युरोपियन युरो एकको खरिददर भने १२९ रूपैयाँ ५६ पैसा र बिक्रीदर १३० रूपैयाँ १९ पैसा पुगेको छ ।

सोमबार राष्ट्र बैंकले अस्ट्रेलियन  डलर एकको खरिदमा ८६ रूपैयाँ ९० पैसा र बिक्रीमा ८७ रूपैयाँ ३२ पैसा तोकेको छ। क्यानेडियन डलर एकको खरिददर भने ९५ रूपैयाँ १२ पैसा र बिक्रीदर ९५ रूपैयाँ ५८ पैसा पुगेको छ । त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिदमा आज ३२ रूपैयाँ ७३ पैसा र बिक्रीमा ३२ रूपैयाँ ८९ पैसा पाइन्छ भने कतारी रियाल एकको खरिददर ३३ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३३ रूपैयाँ ६८ पैसा पुगेको छ ।

सोमबार राष्ट्र बैंकले तोकेअनुसार कुवेती दिनार एकको खरिददर ४०० रूपैयाँ १६ पैसा र बिक्रीदर ४०२ रूपैयाँ १२ पैसा पुगेको छ। बहराइन दिनार एकको खरिदमा भने ३२५ रूपैयाँ ६५ पैसा र बिक्रीमा ३२७ रुपैयामा २४ पैसा कायम गरिएको छ । यता युएई दिराम एकको खरिददर सोमबार आइतबार ३३ रूपैयाँ ४२ पेसा र बिक्रीदर ३३ रूपैयाँ ५९ पैसा कायम गरिएको छ। मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ०९ पैसा र बिक्रीमा २८ रूपैयाँ २३ पैसा पाइन्छ ।