GBIME

प्रि–ओपनिङ्गमा नेप्सेमा दोहोरो अंकले वृद्धि

1.94K
shares

काठमाडौें, २७ वैशाख । मंगलबारको प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसूचक १२.२७ अंकले बढेको छ । वृद्धिसँगै नेप्से सूचक २२६८.८५ बिन्दुमा पुगेको छ ।

कारोबारको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका सबै ७ वटै कम्पनीको सेयरमूल्य बढेको छ ।

कारोबार भएका ७ मध्ये ६ कम्पनीका सेयरमूल्य बढेपछि नेप्सेमा दोहोरो अंकको वृद्धि आएको हो । यस अवधिमा ७ कम्पनी १ हजार २४० कित्ता सेयर ६ लाख ८३ हजार ८१९ रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

कारोबारमा आएका ६ मध्ये ६ कम्पनीको सेयरमूल्य बढेकोछ भने एक कम्पनीको सेयरमूल्य घटेको छ । विन लघुवित्त, मल्टिपपर्स फाइनान्स, ङादी ग्रुप पावर, बरुण हाइड्रोपावर र साहस उर्जा लिमिटेडेको सेयरमूल्य बढेको छ ।

Premier Steel Banner